धवलशमशेर राणा र दुर्गा प्रसाईले गरे नयाँ दल गठन गर्ने सहमति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका डा. धवलशमशेर राणा र नागरिक बचाउ महाअभियानका दुर्गा प्रसाइले नयाँ राजनीतिक दल गठन गर्ने सहमति भएको छ। ।

राणा र प्रसाईंले ११ बुँदे सहमतिमा शुक्रबार हस्ताक्षर गरेका हुन् । किरात, बौद्ध सहित वैदिक सनातन हिन्दु अधिराज्य राष्ट्रवादी शक्ति निर्माण गर्ने प्रतिज्ञा दुई पक्षले गरेका छन् ।

संवैधानिक राजसंस्था पुनर्स्थापना लागि सशक्त, लोकतान्त्रिक तथा राष्ट्रवादी राजनीतिक शक्तिको आवश्यकताले नयाँ दल गठन गर्नुपरेको सहमतिमा उल्लेख गरिएको छ ।

पृथ्वीनारायण शाहका दिव्य उपदेशमा आधारित राष्ट्रवादी दर्शन अंगाल्ने नीति लिइएको छ ।

सुधारमुखी संघीयता, एक पटकको नेपाली सधैंको नेपाली र दोहोरो नागरिकता राख्न पाउनने व्यवस्थामा दुई पक्षबीच सहमत भएका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *