आईपीओ जारी गर्दै अल नेपाल इन्फ्रास्ट्रक्चर, साधारण सभा आह्वान

काठमाडौं । अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी लिमिटेड ले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रस्तावसहित वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनीले असार ८ गते बिहान ८ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालयमा साधारणसभा बोलाएको हो। सभाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने विशेष प्रस्तावमाथि छलफल गरी निर्णय गर्नेछ।

यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा समावेश गरिएको छ। नियामक निकायबाट प्राप्त निर्देशनअनुसार प्रस्तावित संशोधनमा आवश्यक परिमार्जन, थपघट वा सुधार गर्नुपर्ने अवस्था आएमा त्यसको अधिकार सञ्चालक समितिलाई दिने प्रस्तावसमेत सभाले अनुमोदन गर्नेछ।

कम्पनीले आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाउन साधारणसभाबाट स्वीकृति लिन लागेको हो। सभाबाट प्रस्ताव पारित भएपश्चात आवश्यक नियामकीय प्रक्रिया पूरा गर्दै सार्वजनिक निष्कासनको तयारी अघि बढाईने कम्पनीले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *