एक वर्षमै १ हजार किलोमिटर सडक कालोपत्रे, २७५ पुल निर्माण सम्पन्न गर्ने सरकारको लक्ष्य

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ भित्र १ हजार किलोमिटर सडक कालोपत्रे तथा २ सय ७५ वटा सडक पुल निर्माण सम्पन्न गर्ने घोषणा गरेको छ।

अर्थमन्त्री स्वर्णिम वाग्ले ले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखिएको बताएका हुन्।

बजेट वक्तव्य अनुसार राष्ट्रिय गौरवका आयोजना तथा रणनीतिक सडक निर्माणलाई तीव्रता दिइनेछ। सरकारले आगामी पाँच वर्षभित्र पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने लक्ष्य पनि सार्वजनिक गरेको छ।

अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षभित्र कमला–कञ्चनपुर तथा बुटवल–नारायणगढ सडक विस्तारको काम सम्पन्न गरिने जानकारी दिए।

सरकारले ती सडक आयोजना समयमै सम्पन्न गरी यातायात आवागमनलाई सहज, सुरक्षित र द्रुत बनाउने लक्ष्य लिएको जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *