काठमाडौँ । सरकारले बीमा दाबी प्रणालीलाई थप प्रभावकारी बनाउने घोषणा गरेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै कार्यस्थल दुर्घटनामा अनिवार्य क्षतिपूर्ति र बीमा दाबी प्रक्रियालाई व्यवस्थित तथा प्रभावकारी बनाइने बताएका हुन्।
सरकारले श्रम क्षेत्रलाई थप व्यवस्थित बनाउन लिखित श्रम सम्झौता, न्यूनतम ज्याला, बीमा व्यवस्था, कार्यस्थल सुरक्षा मापदण्ड तथा बैंकमार्फत पारिश्रमिक भुक्तानीलाई अनिवार्य गर्ने नीति पनि सार्वजनिक गरेको छ।
बजेटमार्फत श्रमिकको अधिकार संरक्षण, कार्यस्थल सुरक्षा र औपचारिक श्रम प्रणालीलाई सुदृढ बनाउने उद्देश्य लिइएको सरकारको भनाइ छ।
Artha Sanjal






