नागरिक एपमा सबै सरकारी सेवा, सफ्टवेयर खरिद एकै स्थानबाट

काठमाडौं। सरकारले सरकारी निकायमा प्रयोग हुने सफ्टवयेर खरिद एकै निकायबाट गर्ने भएको छ।

यस्तै नागरिक एपमा सबै सरकारी सेवा समावेश गर्ने अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै नेपाललाई एआईमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु गरेको जानकारी दिए।

यसैगरी अब तीन महिनाको लागि इन्धन भण्डारण गर्नको लागि मातृभूमि कोष स्थापना हुने भएको छ। एआई फ्याट्री पनि बन्ने भएको छ। यसले इन्धन अभावमा केही राहत दिनेछ।

यसैगरी विभिन्न शीर्षकमा छरिएर रहेका पूर्वाधार विकास कर र सडक मर्मत दस्तुर जस्ता करहरूलाई सरकारले एकीकृत गर्ने भएको छ। अब हरित करका रूपमा सरकारले राजश्व संकलन गर्ने नीति लिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *