एकैदिन ५ हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्यमा प्रतितोला पाँच हजार ५०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ९० हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस दिन चाँदी प्रतितोला चार हजार ८६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार चाँदी प्रतितोला पाँच हजार ८० रुपैयाँमा खरिदबिक्री भएको थियो।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *