प्रहरीका १३ डीएसपीलाई एसपीमा र १६ इन्स्पेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस

काठमाडौं । नेपाल प्रहरीका जनपद, प्राविधिक स्वास्थ्य तथा इन्जिनियरिङ/सूचना प्रविधि समूहका १३ जना प्रहरी नायव उपरीक्षकलाई प्रहरी उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

प्रहरी प्रधान कार्यालयको बढुवा समितिले प्रहरी नियमावली, २०७१ अनुसार बढुवा सिफारिस सूची सार्वजनिक गरेको हो ।

जनपदतर्फ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत ध्रुवकुमार श्रेष्ठ सिफारिस भएका छन् । प्राविधिक स्वास्थ्य समूहअन्तर्गत चिकित्सकतर्फ नौ जना बढुवाका लागि सिफारिस भएका छन् । सिफारिस हुनेमा डा. शोभा वाग्ले, डा. सरोज सिंह, डा. विकल श्रेष्ठ, डा. बोधविक्रम कार्की, डा. निर्मल घिमिरे, डा. नमन लामिछाने, डा. दीपा चुडाल, डा. सुवास थापा र डा. भवानी गुरुङ रहेका छन् ।

इन्जिनियरिङ तथा सूचना प्रविधि समूहअन्तर्गत ई. रामकुमार बस्नेत, सुनिलकुमार वरनवाल र राइजन् महर्जन बढुवाका लागि सिफारिस भएका छन् ।

त्यस्तै विभिन्न प्राविधिक समूहका १६ जना प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

चिकित्सकतर्फ नौ जना, नर्सिङतर्फ एक जना, सूचना प्रविधितर्फ पाँच जना तथा विधिविज्ञानतर्फ एक जना प्रहरी निरीक्षक बढुवाको सूचीमा परेका छन् ।

चिकित्सकतर्फ डा. अमित कुमार ठाकुर, डा. ऋतुराज बराल, डा. एलिना श्रेष्ठ, डा. प्रभाकर श्रेष्ठ, डा. रमन घिमिरे, डा. महादेव देउजा, डा. संजिव कुमार यादव, डा. सुवास चन्द्र गौतम र डा. रजनी महर्जन सिफारिस भएका छन् ।

नर्सिङतर्फ निरूषा महर्जन तथा सूचना प्रविधितर्फ बेचन कुमार यादव, सन्दिप कार्की, जय प्रकाश सिंह, सत्येन्द्र कुमार मिश्र र कृष्ण नाथ सिफारिस भएका छन् । विधिविज्ञानतर्फ यमलाल बस्नेत बढुवाका लागि सिफारिस भएका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *