यी हुन् मानवअधिकार आयोगले कारबाही गर्न सिफारिस गरेका रास्वपा सांसद

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गतेको घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित झन्डै डेढ दर्जनबढी सांसदहरूलाई कारबाहीको सिफारिस गरेको छ

मानवअधिकार आयोगले रास्वपाका प्रवक्ता मनिष झा, सचिवालय सदस्य हरि ढकाल सहितलाई अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको छ। आयोगले बुधबार सार्वजनिक गरेको आयोगको प्रतिवेदनअनुसार लामिछाने, झा र ढकाललाई तथ्य विश्लेषण प्रकरण १५ बमोजिम सिफारिस १४ (घ) अनुसार कारबाही गर्न सिफारिस गरेको छ ।

तथ्य र विश्लेषण खण्डको प्रकरण नं.३० मा उल्लेख भएका व्यक्तिहरूलाई सिफारिस १० अनुसार अनुसन्धान गरी कारबाही गर्न भनिएको छ । रास्वपाका अन्य सांसदहरूमा गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, कृष्ण कार्की, तोषिमा कार्की, राजीव खत्री, केपी खनाल, दीपक बोहरा, मनिष झा, ज्वाला सङ्ग्रौला, पुरुषोत्तम यादव, सुधन गुरुङ, आशिका तामाङ र हरि ढकाल समेतलाई कारबाही गर्न आयोगले सिफारिस गरेको छन् ।

भाद्र २३ र २४ गतेको घटनामा भएको मानवीय र भौतिक क्षति समेतका कार्यमा निजहरूको संलग्नता रहे नरहेको, निजहरूको अभिव्यक्तिबाट समेत प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे नपरेको, सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम भए नभएको वा सोको दुरुत्साहन भए नभएको सम्बन्धमा सूक्ष्म अनुसन्धान गरी सम्बन्धित व्यक्ति तथा आम नागरिकलाई सुसूचित गराई उल्लिखित व्यक्तिहरूको स्वच्छ सुनुवाइको हक अधिकारको सुनिश्चिततासहित अनुसन्धान गरी कारबाही गर्न आयोगले सिफारिस गरेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *