काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा तत्कालीन अतिरिक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसहितलाई विभागीय कारबाहीका लागि सिफारिस गरेको छ ।
कार्कीसँगै मानव अधिकार उल्लंघनमा जिम्मेवार देखिएको भन्दै अवकाश प्राप्त प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङ, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल र अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई पनि कारबाही सिफारिस गरिएको छ ।
यस्तै प्रहरी नायब महानिरीक्षक ओम विक्रम राणा, वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारी, तत्कालीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायण प्रसाद पौडेल, सशस्त्र प्रहरी उपरीक्षक जीवन केसी., राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन निर्देशक कृष्ण खनाल, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल तथा भाद्र २३ गते बानेश्ववर र संसद भवन क्षेत्रमा फिल्डमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका फिल्ड कमाण्डरहरुलाई मानव अधिकार उल्लंघन गरेकोमा कारबाही गर्न सिफारिस गरिएको छ ।
आयोगले उनीहरुलाई भविष्यमा कुनै पनि सरकारी सेवाको जिम्मेवारी नदिने गरी रेकर्ड राख्न समेत भनेको भनिएको छ ।






