काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ दशमलव ०८ र बिक्रीदर १५२ दशमलव ६८ कायम गरिएको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७७ दशमलव ०९ र बिक्रीदर १७७ दशमलव ७९, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ दशमलव २४ र बिक्रीदर २०६ दशमलव ०५ तथा स्वीस फ्र्यांक एकको खरिददर १९४ दशमलव ६४ र बिक्रीदर १९५ दशमलव ४१ निर्धारण गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर रु १०९ दशमलव ०३ र बिक्रीदर १०९ दशमलव ४६, क्यानेडियन डलर एकको खरिददर ११० दशमलव १० र बिक्रीदर ११० दशमलव ५४ तथा सिङ्गापुर डलर एकको खरिददर ११९ दशमलव ०६ र बिक्रीदर ११९ दशमलव ५३ कायम भएको छ।
जापानी येन १० को खरिददर ९ दशमलव ५७ र बिक्रीदर ९ दशमलव ६१ तथा चिनियाँ युआन एकको खरिददर २२ दशमलव ४२ र बिक्रीदर २२ दशमलव ५० तोकिएको छ।