सार्वजनिक कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न श्रम संस्कृति पार्टीको निर्देशन

काठमाडौं । श्रम संस्कृति पार्टीले आफ्ना सबै तहका कार्यक्रम तथा प्रचार सामग्रीमा पार्टी अध्यक्ष हर्क साम्पाङ को तस्वीर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ ।

पार्टीको कोशी प्रदेश (प्रदेश नं. १) कार्यसमितिले जेठ ११ गते जारी गरेको सर्कुलरमा जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा तथा टोलस्तरमा सञ्चालन हुने कार्यक्रमका व्यानर र प्रचार सामग्रीमा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा राख्न भनिएको हो।

प्रदेश समिति अध्यक्ष प्रताप राई र सचिव दीपक तिमिल्सिनाको हस्ताक्षर रहेको सर्कुलरमा ‘श्रद्धेय श्रम पिता अध्यक्ष हर्क साम्पाङज्यूको तस्वीर अनिवार्यरूपमा प्रयोग गर्नु गराउनु पर्ने’ उल्लेख गरिएको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *