काठमाडौं। दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरेको छ।
न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासले शुक्रबार रिट खारेज गर्दै थपिएको म्यादभित्र अनुसन्धान पूरा गर्न परमादेश जारी गरेको हो।
अदालतले चार दिनभित्र अनुसन्धान सम्पन्न गरी जिल्ला अदालत पर्सामा पेस गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई निर्देशन दिएको छ।
प्रसाईँलाई जेठ ४ गते वीरगञ्जबाट पक्राउ गरिएको थियो। उनीविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले प्रसाईँका अभिव्यक्तिले घृणा, द्वेष तथा साम्प्रदायिक असहिष्णुता फैलाएको आरोप लगाएको छ।
Artha Sanjal







