स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १५ वटामा जित हासिल गरेको छ । देश विभिन्न पालिकामा वडा राप्रपाका उम्मेदवार विजयी भएका छन् ।
अहिले पनि केही पालिकामा राप्रपाले अग्रता लिइरहेको छ भने केहीमा कडा प्रतिस्पर्धा गरिरहेको छ ।
हेर्नुहोस् सूची :
१. कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको वडा नं ५ मा अध्यक्ष केशव खत्री र प्यानल विजयी ।
२. कपिलवस्तुको कृष्णनगरमा १ मा अध्यक्ष टुकनाथ चौधरीको प्यानलसहित विजय ।
३. सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं-१ मा अध्यक्ष लक्ष्मण मेहता र प्यानल निर्वाचित ।
४. रुपन्देहीको रोहिणी गाउँपालिकाको वार्ड न.१ को अध्यक्ष पदमा अलि पठान (मुक्त्तर अहमद पठान)को प्यानल निर्वाचित ।
५. चितवनको माडी नगरपालिका वडा न.१ को अध्यक्ष पदमा अमित लामा र प्यानल निर्वाचित ।
६. सिद्धार्थनगर नगरपालिका वडा नं. २ को अध्यक्ष पदमा छेदीलाल श्रीवास्तव लगायत प्यानलसहित निर्वाचित
७. नवलपरासी, रामग्राम १ मा राप्रपाका रुद्र प्रासाद सिंह अध्यक्ष लगायत प्यानल निर्वाचित ।
८. डोटीको के.आई. सिंह गाउँपालिका वार्ड न. ७ को अध्यक्षमा दिल बहादुर बलायर प्यानल सहित विजयी ।
९. बैतडीको सुर्नया गाउँपालिका वडा नं २ मा गणेश बहादुर विष्ट प्यानल सहित विजयी ।
१०. पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष उमेश कार्की र प्यानल विजयी ।
११. धादिङको खनियाबास गाउँपालिका वडा नम्बर १ वडा अध्यक्षमा राप्रपाको सोनाम तामाङ विजयी ।
१२. रुपन्देहीको ओमसतिया बेलबहादुर बराल सहित प्यानल विजयी ।
१३. कञ्चनपुरको दोधारा चाँदनी १ को वडा अध्यक्ष विक्रम चन्द सहित प्यानल विजयी ।
१४. रुपन्देहीको सियारी गाउँपालिका वार्ड न १ मा राप्रपाका अरुण शाही लगायत पुरा प्यानल विजयी ।
१५. धादिङको खनियाबास वडा नं-२ मा अध्यक्षमा अरुण तामाङ र प्यानल विजयी






