पदभार गर्दै प्रधानन्यायाधीश शर्माले भनेः न्याय सम्पादन प्रक्रियाको मर्यादामा हस्तक्षेप स्वीकार गर्दिनँ

काठमाडौं। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै हस्तक्षेप स्वीकार नगर्ने बताएका छन्।

मंगलबार सर्वोच्च अदालतमा पदभार ग्रहण गरेलगत्तै सम्बोधनको क्रममा उनले यस्तो धारणा राखेका हुन्।

उनले भने, ‘न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको व्यावसायिक निष्पक्षता तथा न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै प्रकारको हस्तक्षेप स्वीकार गरिने छैन।’

प्रधानन्यायाधीशको जिम्मेवारीलाई पदको मात्रै नभई संविधान, विधिको शासन, न्यायिक स्वतन्त्रता तथा नागरिकको न्यायप्रतिको विश्वासलाई सुदृढ बनाउने दायित्वको रुपमा लिएको उनको भनाइ थियो।

उनले न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षता नै लोकतन्त्रको मेरुदण्ड भएको बताए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *