काठमाडौँमा गठबन्धन र एमालेलाई उछिन्दै बालेन नै अग्रस्थानमा

काठमाडौँ महानगरपालिकाको जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ ।
उनले अग्रता बनाएपछि समर्थकले राष्ट्रिय सभागृह अगाडि भेला भएर उनको पक्षमा हुटिङ गरिरहेका छन् ।

उनले ११२३ मत प्राप्त गरेका छन् । सुरुदेखि नै उनले अग्रता कायम गर्न सफल भएका छन् ।
सत्ता गठबन्धले समर्थन गरेको नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ९०८ र एमालेका उम्मेदवार केशव स्थापितले ८७० मत पाएका छन् । राष्ट्रियसभा गृहमा मतगणना जारी रहेको छ । बालेनकै उम्मेदवारीका कारण काठमाडौँको नतिजालाई चासोका साथ हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *