आज स्नो रिभर्सको आईपीओ भर्ने अन्तिम दिन

काठमाडौं। स्नो रिभर्स लिमिटेडले वैशाख २९ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

कम्पनीले पहिलो आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आइपीओ बाँडफाँटपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी ९३ करोड ७५ लाखको २० प्रतिशत अर्थात् १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।

यसमध्ये ९ लाख ३७ हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र ९३ हजार ७५० कित्ता साधारण सेयर विदेशमा रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

कम्पनीले ४६ हजार ८७५ कित्ता सेयर सामूहिक लगानी कोष र १८ हजार ७५० कित्ता सेयर कर्मचारीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

दोस्रो चरणमा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ करोड ७८ लाख १२ हजार ५०० रुपैयाँबराबरको ७ लाख ७८ हजार १२५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको हो।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *