काठमाडौं । आज पनि शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १०.०७ अंकले घटेर २७३०.१७ को विन्दुमाबन्द भएको छ।
आज ३३७ कम्पनीको शेयर किनबेच हुँदा ३ अर्ब २९ करोड माथिको शेयर कारोबार भएको छ । आज ८० कम्पनीको शेयर भाउ बढेको छ भने १७४ कम्पनीको शेयर भाउ घटेको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शाहस ऊर्जाको १८ करोड ७७ लाख रुपैयााको शेयर कारोबार भउको छ । एसवाई प्यानलको १८ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै
यूनियन हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.७९ प्रतिशतका दरले कमाएका छन् । क्रेष्ट माइक्रो लाइफका लगानकिर्ताले ९.२२ प्रतिशतका दरले कमाएका छन् । एनआइबिएल स्टेबल फन्डका इकाईधनीले ३.६३ प्रतिशतका दरले कमाएका छन् । एनएमबि हाइब्रिट फन्ड एल २ का इकाईधनीले २.८४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै एशियन हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानकिर्ताले ९.८९ प्रतिशतका दरले गुमाएका हुन् ।






