काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच नगद रहित बीमा दावी सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौंस्थित सिप्रदीको मुख्य कार्यालयमा आयोजित एक विशेष समारोहबीच दुवै कम्पनीका प्रतिनिधिहरूले यस सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सिप्रदीका भाइस प्रेसिडेन्ट सौरभराज थपलिया र हिमालयन एभरेष्ट ओरियन्टल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका थिए ।
कम्पनीका अनुसार, यस सहकार्यबाट टाटा ग्राहकहरूलाई सवारी दुर्घटना भएमा बीमा दावी प्रक्रिया सजिलो र छिटो बनाउने लक्ष्य राखिएको छ ।
यसअघि सिप्रदीले शिखर इन्स्योरेन्स, सलिको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सानिमा इन्स्योरेन्स र ओरियन्टल इन्स्योरेन्स कम्पनी सँग पनि नगद रहित बीमा दावी सम्झौता गरिसकेको छ ।
कम्पनीका अनुसार, यस सेवाबाट ३ हजारभन्दा बढी ग्राहकले छिटो र झन्झटमुक्त दावी प्राप्त गरिसकेका छन् । सिप्रदीले भविष्यमा थप ग्राहकहरूलाई यस्तै सुविधा दिने योजना बनाएको जनाएको छ ।






