आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

काठमाडाैं । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन् ।

भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन् । मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले भट्टकाे राजीनामा आएको पुष्टि गरे ।

एक साताअघि उद्योगमन्त्री गौरीकुमारी यादवले भट्टलाई राजीनामा दिन निर्देशन दिएकी थिइन् । सरकारले राजनीतिक नियुक्ति खारेज गर्ने क्रममा दोस्रो चरणमा हटाइने सूचीमा भट्ट पनि परेका थिए ।

उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २६ फागुन २०८० मा तीन वर्षका लागि नियुक्ती गरेको थियो । उनी कांग्रेस कोटाबाट निगममा नियुक्त भएका थिए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *