शेयर बजारमा सामान्य गिरावट

काठमाडौं । आज शेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक ४.१५ अंकले घटेर २७४०.२५ को विन्दुमा बन्द भएको छ ।

आज ३३९ कम्पनीको शेयर किनबेच हुँदा २ अर्ब ८० करोड माथिको शेयर कारोबार भएको छ । आज ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७६ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै एसवाई प्यानलको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ९ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शाहस उर्जाको ९ करोड ५८ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एशियन हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ११.४२ प्रतिशतका दरले कमाएका छन् । एसवाई प्यानलका लगानीकर्ताले ४.६२ प्रतिशतका दरले कमाएका हुन् । हिमालयन बैंक बन्डका इकाईधनीले ४.३४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै धौलागिरी लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ११.१७ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *