तिहारको अवसरमा देउसी खेल्न कलाकारहरुले रिजर्भ गरेको बस दुर्घटना हुँदा ३२ जना कलाकार घाइते भएका छन् । गएराति देउसी खेल्न जाने क्रममा जिल्लाको बकैया गाउँपालिका वडा नं. ४ मा बस दुर्घटना हुँदा बसमा सवार सबै कलाकारहरु घाइते भएका हुन् । बागमती प्रदेश ०३–००१ ख १३०९ न.को बस अनियन्त्रित भइ खेतमा खसेको प्रहरीको भनाइ रहेको छ ।
प्रहरीका अनुसार घाइते मध्ये ५ जना कलाकारहरुको अवस्था गम्भिर रहेको छ । घाइतेहरुको हेटौंडा र चितवनका अस्पतालमा उपचार भइरहेको बताइएको छ । घाइते हुने एक कलाकारमा मकवानपुर हेटौडा उपमहानगरपालिका–५ सानोपोखरा बस्ने बर्ष ४० की निरु खड्का रहेकी छिन् ।
उनको टाउकोमा चोट लागेको, सोही वडाको मनकामना चोक बस्ने वर्ष ४९ को बेल बहादुर लोको हात र अनुहारमा चोट लागेको, राक्सिराङ गाउँपालिका–३ बस्ने वर्ष ४२ को रविन कुमार चेपाङको छातिमा चोट लागेको, हेटौंडा–११ नवलपुर बस्ने वर्ष ३६ कि सम्झना बिष्टको टाउकोमा चोट लागेकोले थप उपचारका लागि र अवस्था गम्भीर रहेकाले थप उपचारको लागि चितवन रिफर गरिएको छ ।
त्यस्तै हेटौंडा–५ पिप्ले बस्ने वर्ष ४८ कि लक्ष्मी तिमिल्सिना, हेटौंडा–१८ ठुलोदमार बस्ने वर्ष २१ को बिशाल श्रेष्ठ, मनहरी गाउँपलिका–६ बस्ने वर्ष ४० को संच बहादुर थिङ, बागमती–६ बस्ने वर्ष ४२ को बाबुराम बम्जन, भिमफेदी–१ सानोटार बस्ने वर्ष १८ को रविन तामाङ, सोही स्थान बस्ने वर्ष २० को संजिव थिङ, हेटौडा–१२ पदमपोखरी बस्ने वर्ष २० को रोशन घलान, हेटौंडा–५ बस्ने वर्ष २१ की कोपिला राई, थाहा नगरपालिका–७ बस्ने वर्ष ३६ को काजिमान गोले, धादिङ गंगाजमुना गाउँपालिका–७ बस्ने वर्ष २८ को श्याम बिसी, चितवनको भरतपुर महानगरपालिका–२ बस्ने वर्ष २९ को रविन ढकाल, भरतपुर–१ बस्ने वर्ष ४५ को रोशन खड्का सामान्य घाइते भएकाले हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ रहेको छ ।
त्यस्तै हेटौडा–६ बस्ने वर्ष २१ की रुपा राई, मनहरी–९ खरङ्गा बस्ने बर्ष २२ को काजल मोक्तान, हेटौंडा–४ चिसापानी बस्ने वर्ष १९ कि संगिता गोले, सोही ठाउँ बस्ने वर्ष २८ को अमित चौधरीको हेटौंडाको सन्चो हस्पिटलमा उपचार भइरहेको उनले बताए । दुर्घटना पछि बसका चालक फरार भएका छन् ।