अबको दुइ वर्ष पेट्रोलियम पदार्थको मूल्य स्थिर हुन सक्दैन : कार्यकारी निर्देशक पौडेल

नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले अझै दुई वर्ष प्ट्रोलियम पद्धार्थको मुल्य बढि रहने संकेत गरेका छन् । अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहँदा नेपालमा पनि मूल्य वृद्धि हुनु स्वभाविक भएको स्पष्ट पार्दै पौडेलले उक्त संकेत गरेका हुन् ।

बिहीबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा कार्यकारी निर्देशक पौडेलले भने अन्तर्राष्ट्रिय बजारमा प्रतिलिटर ७ रुपैयाँ तेलको मूल्य बढ्दा नेपालमा ३ रुपैयाँ मात्र बढाइएको हो, यसले जनतालाई मार पारेको छैन । विश्व राजनीतिमा उतारचढाव हुँदा तेलको मूल्य बढिरहेको हो अबको दुई वर्ष तेलको मूल्य स्थिर हुन सक्दैन ।

साथै कार्यकारी निर्देशक पौडेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई राजनीतिक विषय नबनाउन समेत आग्रह गरे । उनले नेपालमा तेलको मूल्य वृद्धि भएको विषयलाई अनर्गल प्रचार गरिरहेको बताउँदै राजनीतिक दल र तिनका भ्रातृ संगठनहरुले यसलाई अनावश्यक रुपमा राजनीतिक विषय बनाएको आरोप लगाए ।

कार्यकारी निर्देशक पौडेलले भने, ‘यो सरकारी संस्था हो, अस्वभाविक हुँदैन, सबै चिज पारदर्शी नै हुन्छ, अस्वभाविक भनेर हामीले सोच्नु नै सरकार, निगमप्रति पूर्वाग्रही ढंगले सोचिएको हो, यो एक सय प्रतिशत स्वभाविक हो।

पौडेलले नेपाल आयल निगम गत वर्षको जनवरीदेखि नै घाटामा रहेको बताए । उनले मूल्य बढेपछि अहिलेसम्म ३३ रुपैयाँसम्म मूल्य समायोजन भइसकेको बताउँदै पछिल्लो २ वर्षमा १७-१८ रुपैयाँ घटाएको बताए । उनले निगमले अहिलेसम्म तथ्यांक नलुकाएको दाबी गर्दै निगमलाई तथानाम गाली गलौज गर्नु अर्थतन्त्र सिध्याउने काम मात्र भएको बताए।

अहिले निगम डिजेलमा प्रतिलिटर १५ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र एलपी ग्यासमा ७२० रुपैयाँ घाटा रहेको बताए । उनले यस आर्थिक वर्षमा निगमले जति नै मूल्य बढाए पनि २० अर्ब नोक्सानमा जाने दाबी गरे ।

कार्यकारी निर्देशक पौडेलले यस वर्षमा पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ सय ४० रुपैयाँ पुग्ने बताउँदै यसमा अन्यथा मान्न नहुने समेत बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *