सरकारी ठेक्का अलपत्र पार्ने ठेकेदार रमेश शर्मा पक्राउ

काठमाडौं । सरकारी ठेक्का सम्झौता अनुसार काम सम्पन्न नगरी परियोजना अलपत्र पार्ने ठेकेदारमाथि सरकारले कारबाही थालेको छ। यस क्रममा रमेश शर्मा पक्राउ परेका छन्।

शर्मा एन्ड कम्पनीका अध्यक्ष शर्मालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ले पक्राउ गरेको हो। उनलाई सहरी विकास मन्त्रालय को अनुरोधमा नियन्त्रणमा लिएर मन्त्रालयमा पठाइएको कार्यालयका प्रमुख सन्तोष खड्का ले जानकारी दिए।

मन्त्रालयका अनुसार शर्माको कम्पनीले सरकारी ठेक्काअन्तर्गतको काम समयमै सम्पन्न नगरी पटक–पटक ताकेता गर्दा पनि बेवास्ता गरेपछि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *