शेयर बजारमा ३८ अंकको वृद्धि, ४ अर्ब ६१ करोडकाे कारोबार

काठमाडौं । आज शेयर बजार भारी अंकले बढेको छ । नेप्से परिसूचक ३८.१९ अंकले बढेर २,७८३.८५ को विन्दुमा बन्द भएको छ ।

आज ३३२ कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब ६१ करोड माथिको शेयर कारोबार भएको छ । आज २४७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २१ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको १७ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एसवाई प्यानलको १६ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.१९ प्रतिशतका दरले कमाएका छन् । कुमारी धनवृद्धि योजनका इकाईधनीले ११.३७ प्रतिशतका दरले कमाएका छन् । दोल्ती पावरका लगानीकर्ताले ८.४३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै त्रिशुली जलविद्युतका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले २.८७ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *