नेप्सेमा झिनो अंकको गिरावट, ३ अर्ब १९ करोडकाे कारोबार

काठमाडौं । आज शेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक १.६४ अंकले घटेर २७११.२२ को विन्दुमा बन्द भएको छ ।

आज ३३६ कम्पनीको शेयर किनबेच हुँदा ३ अर्ब १९ करोडको शेयर कारोबार भएको छ । आज १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै सोलु हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १६ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको १४ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनकिा लगानीकर्ताले १३.७४ प्रतिशतका दरले कमाएका हुन् । अपर लोहरे खोलाका लगानीकर्ताले ५.९५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै भगवती हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ८.९० प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *