बजार जान्छु भनि हिँडेकी सरिता ११ दिनपछि शिवपुरी जंगलमा मृत भेटिइन्

काठमाडौं । तारकेश्वर- ३, तीनपिप्लेबाट वैशाख १२ गतेदेखि हराएकी ४५ वर्षीया सरिता तिवारीको शव शिवपुरी जंगलमा फेला परेको छ ।

बजार जान्छु भनी गाडी चढेर ११ गते दिउँसोदेखि हराएकी सरिताको खोजीका लागि पतिसहित परिवारका सदस्यले १२ गते खोजतलास जाहेरी दिएको जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए । खोजीका क्रममा मंगलबार दिउँसो टोखा- १ स्थित शिवपुरी जंगलमा गाडेको ठाउँबाट उत्खनन गरिएको उनले बताए ।

उनको हत्या भएको र त्यसकार्यमा संलग्न भएको आशंकामा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्ने टोखा- २ का ३५ वर्षीय अनिल डङोल हुन् । उनले के कारण हत्या गरे भन्ने विषयमा अनुसन्धान भइरहेको एसपी भट्टराईले बताए । उनलाई कर्तव्य ज्यान मुद्दामा दुई दिनको म्याद थप गरिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *