मुलुकको आर्थिक उन्नयनका लागि हरसम्भव प्रयत्न गर्छुः अध्यक्ष श्रेष्ठ

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घ का अध्यक्ष अञ्जन श्रेष्ठ ले मुलुकको आर्थिक उन्नयनका लागि हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अध्यक्ष पदको कार्यभार सम्हाल्नुअघि संक्षिप्त प्रतिक्रिया दिँदै उनले उद्यमी–व्यवसायीको संरक्षण र लगानीको सुरक्षालाई आफ्नो पहिलो प्राथमिकता बनाउने बताए । निजी क्षेत्र र सरकारबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उनले राष्ट्रको समृद्धि आपसी साझेदारीबाटै सम्भव हुने धारणा राखे ।

वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ बुधबारदेखि महासङ्घको अध्यक्ष बनेका हुन् । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ ।

साढे दुई दशकदेखि महासङ्घमा आबद्ध श्रेष्ठ व्यावसायिक घराना लक्ष्मी ग्रुप का कार्यकारी निर्देशक समेत हुन्

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *