काठमाडौं । सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार करिब ७६ हजार बचतकर्ताको ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी छ।
समितिका सदस्य सचिव रविन ढकालले आगामी जेठ पहिलो साताबाट बचत फिर्ता प्रक्रिया सुरु हुने जानकारी दिएका छन्।
मागदाबी गर्न छुटेका बचतकर्ताका लागि साउन पहिलो सातादेखि पुनः आवेदन दिने व्यवस्था पनि गरिनेछ।
समितिले बचत मिलानका लागि वैज्ञानिक र न्यायपूर्ण कार्यविधि निर्माण गर्ने जनाएको छ। समितिको कोषमा रकम अभाव भएमा सरकारले विनियोजन गरेको चक्रीय कोषबाट सापटी लिएर भए पनि बचतकर्ताको रकम भुक्तानी गरिने रणनीति बनाइएको छ।
त्यस्तै, कर्जा नतिर्ने ऋणीहरूका विरुद्ध समितिले निकै आक्रामक हुने जनाएको छ । कर्जा असुलीका लागि दबाब दिन ऋणीहरूको तीनपुस्ते नामावली सार्वजनिक गर्ने समितिको तयारी छ ।






