अदालतको परमादेशपछि छुटेका शेखर गोल्छा पुनः पक्राउ

काठमाडौं। सर्वोच्च अदालतको परमादेशपछि रिहा भएका उद्योगी शेखर गोल्छालाई प्रहरीले पुनः पक्राउ गरेको छ।

अदालतको आदेशपछि रिहा भएको केही मिनेटमै केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई पुनः नियन्त्रणमा लिएको हो।

सोमबार गोल्छाको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ हुने र उनी छुट्न सक्ने आशंका गर्दै प्रहरीले दिउँसै अदालतबाट पक्राउ पुर्जी लिएको थियो।

सोही आधारमा गोल्छालाई पुनः पक्राउ गरी बिमा सम्बन्धी अनुसन्धान अघि बढाइएको सिआइबीको दाबी छ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा गोल्छा ग्रुपका अध्यक्षसमेत रहेका गोल्छालाई नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धानका लागि वैशाख ११ गते पक्राउ गरिएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *