काठमाडौं। सीके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। समर्थन फिर्तासम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइएको जनमतले जनाएको छ।
प्रदेश प्रमुख कार्यालयका सचिव नारायणप्रसाद दाहालका अनुसार पार्टीका प्रमुख सचेतक चन्दनकुमार सिंहको हस्ताक्षरसहितको पत्र प्राप्त भएको हो।
मधेस प्रदेशसभामा जनमत पार्टीका १२ सांसद छन्। हाल उक्त पार्टी अर्थ मन्त्रालयसहित दुई मन्त्रालय लिएर कांग्रेस नेतृत्वमा सरकारमा सहभागी छ।
पार्टीबाट महेश यादव अर्थमन्त्री र वसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण मन्त्रीको जिम्मेवारीमा छन्।
Artha Sanjal






