नेकपाले बनायो संविधान संशोधन कार्यदल

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधनसम्बन्धी कार्यदल गठन गरेको छ।

सोमबार पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समिति बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो।

कार्यदलमा नेता देव गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रणध्वज कङ्दङवा, रेखा शर्मा, गणेश विक, मुक्ति प्रधान, खेमलाल देवकोटा, डम्बरविक्रम थापा, जगदेव चौधरी र रामबहादुर चौधरी रहेका छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *