काठमाडाैं। साताको पहिलो कारोबार दिन आज सेयर बजार बढेर बन्द भएको छ । नेप्से परिसूचक ७.७३ अंकले बढेर २७९६.४३ को विन्दुमा बन्द भएको हो। आज ३५१ कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब ७४ करोड माथिको शेयर कारोबार भएको छ। आज १५७ कम्पनीको शेयर मूल्य बढेको छ भने १०२ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको २६ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोपावरको २३ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक, पाल्पा सिमेन्ट र शिखर पावरका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानकिर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । सिटी होटलका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । झापा इनर्जीका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै निफ्रा ग्रिन इनर्जी डिबेञ्चरका यकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १४ प्रतिशतका दरले गुमाएका हुन् ।






