काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आईतबार सुन प्रतितोला दुई लाख ९९ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस दिन चाँदी प्रतितोला पाँच हजार ४५ रुपैयाँ खरिदबिक्री भइरहेको छ। आईतबार चाँदी प्रतितोला चार हजार ९९५ रुपैयाँ खरिदबिक्री भएको थियो।
Artha Sanjal






