आज सुनको मूल्यमा बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएकोमा आज तोलामा सात सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ८ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार एक ३ रुपैयाँ रहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२४५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १२५० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।







