आजको विनिमयदर सार्वजनिक, कुन देशको कति ?

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको भाउ घटेको छ । हिजो  डलर १ को खरिददर १२३ रुपैयाँ ४४ पैसा र विक्रीदर १२४ रुपैयाँ शुन्य ४ पैसा रहेकोमा आज बढेर खरिददर १२३ रुपैयाँ २९ पैसा र विक्रीदर १२३ रुपैयाँ ८९ रुपैयाँ कायम भएको छ । गत मंगलबार डरल हालसम्मकै उच्च दरमा खरिदविक्री भएको थियो । उक्त दिन हिजो १ डलरको खरिददर १२३ रुपैयाँ ६५ पैसा र विक्रीदर १२४ रुपैयाँ २५ पैसा थियो ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ५० पैसा र विक्रीदर ९ रुपैयाँ ५४ पैसा रहेको छ । त्यस्तै कतारी १ रियल खरिददर ३३ रुपैयाँ ७६ रुपैयाँ र विक्रीदर ३३ रुपैयाँ ९३ पैसा रहेको छ । साउदी अरेवियाको १ रियलको खरिददर ३२ रुपैयाँ ८७ पैसा र विक्रीदर ३३ रुपैयाँ शुन्य ३ पैसा कायम छ ।

आज १ युरोको खरिददर १३० रुपैयाँ १७ पैसा छ भने विक्रीदर १३० रुपैयाँ ८० पैसा छ । आज युके पाउण्ड स्टलिङ १ को खरिददर १५२ रुपैयाँ ४९ पैसा र विक्रीदर १५३ रुपैयाँ २३ पैसा कायम  छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *