प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गर्ने भएका छन् ।
प्रधानमन्त्री देउवा केही दिनदेखि गृह जिल्लामै रहेका छन् । गन्यापधुरामा कुल मतदाता सङ्ख्या १० हजार ४१४ र १४ वटा मतदान केन्द्र छन् । यसअघि पनि प्रधानमन्त्रीले यही मतदान केन्द्रबाट मताधिकार प्रयोग गरेका थिए ।
Artha Sanjal







