सुकुमबासी नेता परियार पक्राउ

काठमाडौँ । थापाथलीस्थित सुकुमबासी बस्तीमा भएको प्रदर्शनका क्रममा सुकुमबासी नेता पक्राउ परेका छन्।सरकारले बस्ती हटाउने तयारी गरेसँगै स्थानीयले विरोध प्रदर्शन गरेका थिए।

सोही क्रममा सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी (नारायण परियार) लाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार परियार २०७९ सालदेखि ज्यान मार्ने र बैंकिङ कसुर मुद्दामा फरार रहेका थिए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *