शेयर बजारमा सामान्य वृद्धि, ५ अर्ब २७ करोडकाे कारोबार

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक १.५४ अंकले बढेर २७८८.७० को विन्दुमा बन्द भएको छ ।

आज ३५१ कम्पनीको शेयर किनबेच हुँदा ५ अर्ब २७ करोड माथिको शेयर कारोबार भएको छ । आज ८७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै रिडी पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको हो । रिलायन्स स्पीनिङ मिल्सको २४ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको २४ करोड ४४ लााख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै पाल्पा सिमेन्ट, शिखर पावर कम्पनी र माई खोला हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानकिर्ताले १२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मेच्छियाम हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ३.५० प्रतिशतका दरले गुमाउका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *