काठमाडौं।सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१-८२ को आठौं वार्षिक साधारणसभा आगामी जेठ ६ गते बुधबारका लागि बोलाएको छ।
साधारणसभा प्रदर्शनी मार्ग काठमाडौंस्थित नेपाल पुलिस क्लबमा हुनेछ।
साधारणसभा प्रयोजनका लागि वैशाख २३ गते एक दिनको लागि सेयर दर्ता किताब बन्द गरिने भएको छ।
यसअनुसार वैशाख २२ गतेसम्म नेप्सेमा कारोबार भएका सेयरधनीले साधारणसभामा सहभागी हुन पाउनेछन्।
Artha Sanjal






