सार्वजनिक पदधारण गर्नेको संस्था बढ्दै गएपछि सम्पत्ति विवरण बुझाउनेको संख्या बढेको छ । राष्ट्रिय सतर्कता केन्द्रले हिजो अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको प्रतिवेदनअनुसार आव २०७६/७७ को तुलनामा २०७७/७८ मा सम्पत्ति विवरण बुझाउनेको सङ्ख्या बढेको छ । प्रतिवेदन केन्द्रका सचिव सुशीलचन्द्र तिवारीले आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई बुझाएका हुन् ।
गत आर्थिक वर्ष २०७७/७८ मा १५ हजार भन्दा बढीले सम्पत्ति विवरण नबुझाएको पाइएको छ। सार्वजनिक पद धारण गर्नेहरूको संख्या बढ्दै गएको भएपनि सम्पत्ति विवरण नबुझाउनेहरु पनि उत्तिकै छन् ।
आव २०७६र७७ मा कूल ६ लाख ५० हजार १२८ ले विवरण बुझाएकामा आव २०७७र७८ मा कूल छ लाख ८१ हजार २१५ ले विवरण बुझाएका छन् । mसतर्कता केन्द्रका अनुसार सङ्घीयतर्फ ९ हजार ७९७, प्रदेशतर्फ ५७४ र स्थानीय तहका पाँच जार ३८ जनाले सम्पत्ति विवरण बुझाएका छैनन्।







