थापाथली क्षेत्रका अतिक्रमित घरटहरा खाली गर्न सुरक्षाकर्मीको माइकिङ, शनिबार डोजर चलाइने

काठमाडौं। काठमाडौंको थापाथली क्षेत्रमा रहेका अतिक्रमित घरटहराबाट अन्यत्र सर्न सुरक्षाकर्मीले माइकिङ गरी सबैलाई आग्रह गरेको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगरीय प्रहरीको संयुक्त टोलीले बिहीबार सार्वजनिक सूचना जारी गर्दै वैशाख १२ गतेदेखि खाली गरिने भएकाले त्यसअघि नै बस्ती खाली गर्न अनुरोध गरेको हो।

माइकिङमार्फत अनुरोध गरिएको छ, ‘वैशाख १२ गते बिहान ६ः०० बजेदेखि घरटहरा भत्काउने र अतिक्रममित जग्गा पूर्ण खाली गर्ने कार्य सुरु गरिने र त्यस कार्यमा अवरोध गरे कानुनअनुसार कारबाही हुनेछ।’

सरकारले वास्तविक भूमिहीनको लगत लिई आवश्यक कार्य तत्काल सुरु हुने सूचनामा भनिएको छ।

त्यसमा बस्ने अपाङ्गता भएका, बालबालिका, सुत्केरी, वृद्धवृद्धा र बिरामीलाई प्राथमिकता दिई सुरक्षित रूपमा सार्न अनुरोध गरिएको छ।

त्यसका लागि सुरक्षाकर्मीको सहयोग चाहिए सहयोग माग्न अनुरोध पनि गरिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *