संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सुरु

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सुरु भएको छ । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम साहको संयोजकत्वको कार्यदलको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको हो ।

आजको बैठकमा विभिन्न राजनीतिक दलहरूले उपलब्ध गराएका लिखित धारणाका आधारमा पहिचान गरिएका संविधान संशोधनका मुद्दाहरूका बारेमा विस्तृत छलफल हुने बताइएको छ ।

यसका साथै कार्यदलले आगामी दिनमा गर्ने कामकारबाही र प्रस्तावित कार्ययोजनाका विषयमा पनि बैठकमा छलफल हुने कार्यसूची छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *