शेयर बजारमा दोहोरो अंकको गिरावट, ५ अर्ब ९ करोडको कारोबार 

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १७.०१ अंकले घटेर २७८७.१५ को विन्दुमा बन्द भएको छ ।

आज ३४८ कम्पनीको  शेयर किनबेच हुँदा ५ अर्ब ९ करोडको कारोबार भएको छ । आज ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने २१६ कम्पनीको घटेको छ ।

आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोको २६ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोलाको२६ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै पाल्पा सिमेन्ट र शिखर पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सूर्यकुण्ड हाइड्रोका लगानीकर्ताले ११ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *