भक्तपुर मालपोत कार्यालयबाट ११ बिचौलिया पक्राउ

भक्तपुर। प्रहरीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरमा सेवाग्राही र कर्मचारीलाई काम गर्न अवरोध पुर्याएको भन्दै ११ जना बिचौलियालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले भक्तपुर नगरपालिका–१० स्थित भूमि सुधार तथा मालपोत कार्यालयबाट उनीहरूलाई  पक्राउ गरिएको बताए।

लेखापढी व्यवसायी तथा भूमि सेवा व्यवसायीको नाममा कार्यालयभित्र प्रवेश गरी सेवा प्रवाहमा असर पुर्याउने कार्य गर्दै आएको कार्यालयबाट गुनासो आएपछि प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको उनले जानकारी दिए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *