सरकारलाई हर्क साम्पाङकाे ३३ बुँदे सुझाव, आत्मनिर्भरता र सुशासनमा जोड

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारसमक्ष ३३ बुँदे सुझाव पेश गरेको छ। मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष साम्पाङले देशको समग्र विकास, सुशासन र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि विभिन्न नीतिगत प्रस्ताव सार्वजनिक गरेका हुन्।

उनले नेपालले कुनै पनि प्रकारको विदेशी हस्तक्षेपबाट मुक्त रहनुपर्नेमा जोड दिँदै एमसीसी र एसपीपीजस्ता रणनीतिक तथा सैन्य प्रकृतिका सम्झौताहरू नगर्न सरकारलाई सुझाव दिए। साथै, छिमेकी देशहरूसँग नियमित संवाद र समन्वयलाई प्राथमिकता दिनुपर्ने तथा सीमा सुरक्षामा नेपाली सेनालाई प्रभावकारी रूपमा परिचालन गर्नेलगायतको सुझाव दिएका छन् ।

नुन, तेल, पेट्रोलियम जस्ता आधारभूत वस्तुको मूल्य सामान्य राख्ने, हप्ताको ३ दिन किताबी ज्ञान र ४ दिन श्रम, सीप तथा उत्पादनमूलक व्यावहारिक शिक्षा दिने नीति बनाउनुपर्ने, कृषिलाई शिक्षा र उद्योगको आधार मान्ने, सिँचाइ, मल र बिउ किसानको पहुँचमा पुर्‍याउनुपर्ने, एक परिवार, एक रोजगार’को नीति लागू गर्नुपर्नेलगायतको सुझाव दिएका छन्।

स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्ने, काम नगर्ने र भ्रष्ट कर्मचारीलाई बर्खास्त गर्ने कानुन बनाउने, युवा पुस्ताको भावना अनुसारका नीति बनाउन आयोग गठन गर्नुपर्ने माग राखेका छन्।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *