बझाङमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, एक जना घाइते

बझाङको सुर्मा-५ सैनगाउँमा नेपाली कांग्रेस र नकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपमा परि नेकपा एमालेका एकजना कार्यकर्ताको आँखामा चोट लागेको छ ।

सुर्मा गाउँपालिकाको सैनगाउँस्थित धौलदेउ आधारभूत विद्यालयमा दिउँसो साढे ४ बजे भएको झडपमा परि एमाले कार्यकर्ता रामबहादुर बोहराको दाहिने आखाँमा चोट लागेको प्रहरीले जनाएको छ । अशक्त, अपांग ब्यक्तिहरुको भोट के कसरी हाल्ने भन्ने विषयमा छलफल भइरहेको बेला दुवै पक्षबीच सामान्य झडप परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

अहिले सुरक्षाकर्मी सो ठाउँ खटिएपछि दुबै पक्षबीचको झगडा साम्य भइसकेको जनाइएको छ

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *