काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लेवी परिमार्जन सम्बन्धी सचिवालय बैठकको निर्णय अनुमोदन गरेको छ।
सोमबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णयलाई अनुमोदन गरेको हो।
नयाँ व्यवस्था अनुसार सांसदले मासिक १५ हजार रुपैयाँ, मन्त्रीले १८ हजार रुपैयाँ र स्वकीय सचिवले २ हजार रुपैयाँ लेवी बुझाउनुपर्नेछ।
यसअघि संसदीय दलको बैठकले मन्त्रीका लागि १८ हजार र सांसदका लागि १६ हजार ५ सय रुपैयाँ लेवी तोकेको थियो।
Artha Sanjal






