काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १३.१७ अंकले बढेर २८२५.२३ को विन्दुमा बन्द भएको छ ।
आज ३४९ कम्पनीको शेयर किनबेच हुँदा ५ अर्ब ४३ करोड रुपैयााको शेयर कारोबार भएको छ । आज ६५ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको घटेको छ ।
आज सबैभन्दा धेरै होटल फरेष्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३६ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोपावरको २९ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको २८ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सूर्यकुण्ड र होटल फरेष्टका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । पाल्पा सिमेन्ट र शिखर पावरका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । झपा इनर्जीका लगानीकर्ताले ११.८८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै दोल्ती पावरका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।






