काठमाडौँ । काठमाडौँको तार्केश्वर नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको दाहसंस्कारमा गृहमन्त्री सुधन गुरुङ सहभागी भएका छन् । स्वयम्भूमा दाहसंस्कार कार्यक्रममा पुगेका गृहमन्त्री गुरुङले लामाको शव बोकेका छन् ।
चैत २९ गते तार्केश्वर नगरपालिका–८ डाँडागाउँमा लामाले चलाएको बागमती प्रदेश–०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश–०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डबी अस्पताल मा उपचारका क्रममा मृत्यु भएको थियो।
इन्स्पेक्टर लामा उपत्यका ट्राफिक प्रहरी कार्यालय मा कार्यरत थिए। जापानमा रहेका उनकी पत्नी तथा परिवारका सदस्य नेपाल आउन ढिला भएका कारण शुक्रबार उनको दाहसंस्कार गरिएको हो।
Artha Sanjal






