महालक्ष्मी विकास बैंकद्धारा नयाँ वर्ष लक्षित विभिन्न योजना सार्वजानिक

काठमाडौं — महालक्ष्मी विकास बैंक ले नयाँ वर्ष २०८३ को अवसरमा डिजिटल बैंकिङ्ग प्रवर्द्धन केन्द्रित विभिन्न योजना सार्वजनिक गरेको छ।

बैंकले २०८३ लाई ‘डिजिटल प्रवर्द्धन वर्ष’ का रूपमा मनाउने योजना अन्तर्गत मोबाइल बैंकिङ्ग प्रयोगलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको जनाएको छ। ‘महालक्ष्मी स्मार्ट साथी’ एपमार्फत वैशाखको पहिलो साताभित्र कम्तीमा एक सफल कारोबार गर्ने प्रयोगकर्तामध्ये गोलाप्रथाबाट तीन जनालाई आन्तरिक पर्यटन प्याकेज प्रदान गरिनेछ। विजेताले पोखरा, चितवन र मनकामना क्षेत्रमा जोडीसहित भ्रमण गर्न पाउनेछन्।

डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्न मोबाइल बैंकिङ्ग प्रयोगकर्तालाई ‘फोन पोइन्ट्स रिवार्ड’ प्रणालीमार्फत अंक प्रदान गरिने बैंकले जनाएको छ। उक्त अंकलाई विभिन्न वस्तु खरिद तथा अन्य सेवामा प्रयोग गर्न सकिनेछ।

यसै अवसरमा बैंकले सुलभ ब्याजदरमा ‘महालक्ष्मी घर कर्जा’ योजना पनि ल्याएको छ। आवासीय तथा व्यावसायिक घरजग्गा खरिद, निर्माण, अपार्टमेन्ट किनबेच तथा मर्मतका लागि न्यूनतम दुई वर्षदेखि अधिकतम ३० वर्षसम्म कर्जा उपलब्ध हुने र सात वर्षसम्म ब्याजदर स्थिर रहने व्यवस्था गरिएको छ।

‘सबल बैंक, सफल सहकार्य’ नारासहित सेवा दिँदै आएको बैंकका देशभर १०३ शाखा र करिब ८ लाख ५० हजार ग्राहक रहेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *